Home कला चलचित्र क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइन्छ : मन्त्री श्रेष्ठ

चलचित्र क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइन्छ : मन्त्री श्रेष्ठ

by ईलालटिन
0 comment

काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले चलचित्र क्षेत्रमा कार्यरत कलाकार र प्राविधिक लगायत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने बताएका छन् ।  मन्त्रालयमा मंगलवार ज्ञापनपत्र बुझाउन गएका चलचित्र क्षेत्रमा कार्यरत कलाकार र प्राविधिक सम्वद्ध संघ-संस्थाका पदाधिकारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरुलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सरकारले सहयोग गर्ने बताए ।

 मन्त्री श्रेष्ठले असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन तथा सामाजिक सुरक्षा कोषलाई विस्तार गर्न विद्यमान कानुनी व्यवस्थामा सुधार गर्न लागिएको बताए । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले श्रमिकको जीवनयापनलाई सहज बनाउन सहयोग गर्ने उनको भनाइ छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले न्यून पारिश्रमिक भएका कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सहयोग गरिदिन आग्रह गरे ।

चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले चलचित्रमा पर्दापछाडि रहेर काम गर्ने प्राविधिकको तुलनात्मक रुपमा पारिश्रमिक कम हुने, पारिश्रमिक एकै पटक नपाउने र बचत पनि कम हुने बताए । नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कोरोना भाइरस महामारीका कारण चलचित्र निर्माण ठप्प भएसँगै प्राविधिकहरू बेरोजगार बनेको बताए । कलाकार र प्राविधिक सम्वद्ध संघ-संस्थाका पदाधिकारीहरुले नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्थाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com