Home राजनीति पर्वतका कांग्रेस नेता गुरुङद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

पर्वतका कांग्रेस नेता गुरुङद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेसका  नेता नवराज गुरुङले १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता गुरुङले कांग्रेसको १४औं महाधिवेशनमा (आदिवासी/जनजाति) तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेता गुरुङले आदिवासी जनजातीहरु तथा अन्य समावेशीका जातिहरु सन्तुष्ट नभएको भन्दै पिछडिएका जातिहरुलाई नेपाली कांग्रेसको मुलधारमा ल्याई उनीहरुको बृहत्तर हितमा काम गर्नेको लागि उम्मेदवारी दिन लागेको बताए । उम्मेदवारी घोषणा गर्दै नेता गुरुङले भने, ‘महामन्त्रीमा लड्न पर्ने तपाई पुरानो नेता किन सदस्यमा भनेर साथीहरुले नै भन्ने गरेको छन् । मैले पटक–पटक चुनावमा हार व्योहोर्न परेको पीडा मसँग छ ।’

२०३२ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय भुमिका निभाएका र ३३ सालमा विपि कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिमा समेत साथ दिएका गुरुङले आफु पुराना नेता भएपनि विविध कारणले विगतमा उम्मेदवार बन्ने परिस्थिति नमिलेर आफु पछाडि परेको बताए । उम्मेदवारी पार्टीका साथीहरुको सल्लाहमा दिन लागेको बताउँदै उनले राजनीति भनेको राष्ट्रलाई दिने मात्र हो लिने आश गर्नुहुँदैन् भन्दै आफुले पनि धेरैपटक पार्टीको लागि त्याग गरेको स्मरण गराए ।

गुरुङले मेचीदेखि महाकालीका जनजाती आदिवासीहरुलाई आफुलाई मत दिन आग्रह गर्दै सबैले भोट दिनेमा आफु विस्वस्त रहेको बताए । गुरुङ २०४८ सालमा पर्वत क्षेत्र न.१ बाट प्रतिनिधिसभा सदस्यका लागि पार्टीको टिकट पाएका २०५९ सालबाट प्रजातान्त्रिक पर्वतको सभापति र ०६४ बाट ०६७ सम्म एकीकरण पछि कांग्रेसको जिल्ला सभापति, ७० सालमा संविधान सभा सदस्य र ७४ सालमा प्रदेश सभाको उम्मेदवार भई प्रतिस्पर्धामा होमीएका थिए ।

२०२९ सालदेखि नेपाल विद्यार्थी संघ राजनीतिमा सुरु गरेका गुरुङ केन्द्रीय उपाध्यक्ष समेत भएका थिए ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com