Home बुलेट न्युज नक्कली भ्याट बिल प्रकरणमा १२ करोड बिगो माग्दै पाँच जनाविरूद्ध मुद्दा

नक्कली भ्याट बिल प्रकरणमा १२ करोड बिगो माग्दै पाँच जनाविरूद्ध मुद्दा

by ईलालटिन
0 comment

काठमाडौं  । राजश्व अनुसन्धान विभागले बारा करैयामाई गाउँपालिका-७ को यादव बिजनेस ट्रेड लिंकका प्रोप्राइटर सोनालाप्रसाद यादवसहित पाँच जनाविरूद्ध मुद्दा दायर गरेको छ। झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा लिंकका प्रोप्राइटरविरूद्ध १२ करोड २० लाख ६१ हजार २३३ रूपैयाँ बिगो माग्दै सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।अन्य प्रतिवादीहरूमा जयकिशोर साह, परमेश्वर साह, मुकेशकुमार झा र सानुकुमार श्रेष्ठ रहेका छन्।

वस्तु तथा सेवा खरिद नै नगरी झुठा र नक्कली बिल बिजक मात्र खरिद गरेर मूल्य अभिवृद्धि कर र आयकर छलेको आरोप उनीहरूलाई छ।विभागका अनुसार उनीहरूले मूल्य अभिवृद्ध कर ४ करोड, ३१ लाख १९ हजार २६ र आयकर ७ करोड ८९ लाख ४२ हजार २०७ रूपैयाँ छलेको अनुसन्धानमा खुलेको छ। प्रतिवादीलाई बिगो र बिगोको दोब्बर सजाय मागदाबी लिएर मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com